Latest News

Powered by Blogger.
Sunday, February 26, 2017

लुट २ हेर्नै नहुने ५ कारणहरु


काठमाडौं । बहुप्रतिक्षित लुट २ अहिले देसभर प्रदर्शन भईरहेको छ । यसअघि हामीले लुट २ का राम्रा पक्ष अर्थात् लुट २ हेर्नू पर्ने कारणहरु देखाईसकेका छौ । तर यहाँ भने हामी नराम्रा पक्ष अर्थात् लुट २ हेर्नै नहुने ५ कारणहरु भन्दैछौ । कृपया यसलाई मनोरञ्जनको रुपमा मात्र लिनुहोला । अाउनुस् सुरु गरौ लुट २ हेर्नै नहुने ५ कारणहरु
१. पुरानै कथा : लुट–१ म जुन कथा थियो लुट–२ को कथा पनि लगभग त्यही छ । नयाँ लोकेसन र नयाँ संवाद कुनै पनि चलचित्र अबधिभर खासै पाईँदैन । चलचित्रमा पुरानै कलाकार, पुरानै कथा, पुरानै लोकेशनका कारण सिंगो चलचित्र खल्लो महशुस हुन्छ । जसरी यसअघि बहुप्रतिक्षित भनिएका पुरानो डुंगा लगायतका चलचित्र हेरेपछि दर्शक नेपाली फिल्म प्रति नाक खुम्चाउन बाध्य भएका थिए । यो फिल्मले पनि त्यही क्रमलाई निरनतरता दिएको छ । अघिल्लो बर्ष नेपालमा गएको बिनाशकारी भुकम्प र त्यही भुकम्पले जेलमा क्षति पुर्याउदा भागेका लुट–१ कैदीहरु पुरानै कथामा फर्कन्छन । उनीहरुको खोजी हाकु काले (सौगात मल्ल) को खोजीमा कथाको अघिल्लो भाग टुगिंएको छ भने दोस्रो भागमा उही पुरानै बैक लुटने योजना र लुट–१ म जस्तै हाकु कालेले बैंक लुटेपछि कथा सकिन्छ । निश्चल बस्नेतले लुट–३ बनाउने सोचका साथ कथा बिचैमा छोडेर चिप्लिएका छन जसरी पुरानो डुंगामा रामबाबु गुरुङ चिप्लिए ।
नेपालमा सिक्वेल चलचित्रको ईतिहास खासै लामो छैन । औँलामा गन्न सकिने सिक्वेल चलचित्र मध्ये यो असफल प्रयास हो भन्दा खासै फरक पर्दैन । लुट २ तपाईंलाई पुरानै कथा हलमा गएर हेरेको भान हुन्छ ।
२. अश्लिल र छाडा संवाद : लुटमा झै लुट २ मा पनि छाडा र अश्लिल संवादको साहारा लिईएको छ । यस्ता संवादले युवा पुस्तालाई खासै असर नपरे पनि यदि तपाई परिवार सँग लुट २ हेर्न जानू हुदैछ भने केही असहज पक्कै लाग्नेछ । अन्य संवादहरुमा पनि निर्देशक थोरै भट्किएका छन् । लूटका जति प्रभावशालि संवाद सायदै सुन्न पाइन्छ उल्टै संवादकै कारण थुप्रै सिनहरु जरुरत भन्दा धेरै लामो लाग्दछन् । संवादको ओभरडोज चलचित्रको मुख्य खोट देखिन्छ।
त्यसैले अश्लिल र छाडा संवाद र संवादको ओभरडोज लुट २ हेर्नै नहुने अर्को कारण हो ।
३. जरुरत भन्दा लामो फिल्म : अनावश्यक दृश्य र संवादको कारण फिल्म निकै लामो बन्न पुगेको छ । करिब २ घण्टा १० मिनेट लम्बाइको फिल्मलाई सम्पादनबाट केही छोटो बनाउने काम गरिएको भए फिल्म मजबुत हुने थियो। सुरेन्द्र पौड्यालको एडिटिंग यसपटक निकै फितलो छ , चलचित्रमा कैची चलाउन पर्ने धेरै ठाउँ छ तर किन एडिटर चुके बुझ्न सकिन्न । थुप्रै दृश्यहरु अलिकति लामो भएको अनुभव हुन्छ । लूट २ लार्इ फास्ट पेस थ्रिलर बनाउन चुकेका छन् सुरेन्द्र पौड्याल।
४. दर्शकहरुले निश्चल बस्नेतलाई जुन दर्जा दिए । त्यो पुरा गर्न नसक्दा बस्नेत यो चलचित्रमा नराम्ररी चिल्लिएका छन । सौगात मल्लको रोल पनि खासै प्रशंषा योग्य देखिदैन । एकपछि अर्को चलचित्रबाट ओरालो लागेका दयाहाङ राई,ऋचा शर्माको पनि यो फिल्मबाट माथी उठन सकेका छैनन । राजन कार्की र नवनायिक एलिसा राईको भुमिका अरुको तुलनामा केही ठिक देखिन्छ । सुजना सुब्बा पुरानै कथामा अभिनय गरेको भान हुन्छ । यो फिल्म बाट खासै केही नयाँपन देखिँदैन ।
५. चलचित्रको जुन प्रचारप्रसार छ त्यो अनुसार चलचित्र बन्न सकेको छैन । पुरानो कथा जस्तो थियो नयाँ पनि त्यही छ । त्यसमा नयाँ गर्ने ठाँउ धेरै थियो । बिना कथा र बिना सन्देशको चलचित्र बनेको झै लाग्छ हेर्ने सबैका लागी यो फिल्म । लुट २' यस्तो फिक्सन हो जहाँ दिनदहाडै बैंक चोरी हुन्छ, खुला सडकमा भागदौड हुन्छ तर, त्यहाँ राज्य (प्रहरी) भूमिका हुँदैन । पुलिस नै चाहिन्छ भन्ने पनि होइन, दृश्यको स्वभाविकता सिर्जना गर्न आवश्यक हुन्छ ।
Newer Post
Previous
This is the last post.
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Item Reviewed: लुट २ हेर्नै नहुने ५ कारणहरु 9 out of 10 based on 10 ratings. 9 user reviews.
Scroll to Top